सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।