करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका-९ पेम्बा छेउलिङ गुम्बा बस्ने ४२ वर्षीय आङतेम्बा शेर्पाको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

गुम्बामा काँचो बाँसमा झण्डा टाङ्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।