काठमाडौं । स्थानीय बजारमा आज १ तोला सुनको मोल रु ३ लाख ३ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ५ सय र १ तोला चाँदीको मोल रु ५ हजार ३४० मा कारोबार भएको थियो । यसैगरी, बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ६ सय र १ तोला चाँदीको मोल रु ५ हजार २९० कायम भएको थियो ।
गत मङ्गलबार प्रतितोला सुन रु ३ लाख ५ हजार ५ सय र १ तोला चाँदीको मोल रु ५ हजार २ सय ४० कायम भएको थियो । गत सोमबार १ तोला सुन रु ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार २ सय ५० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज १ औँस सुन ५ हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




































