काठमाडौ । नेपाल इटाली उद्योग वाणिज्य संघले अध्यक्ष श्री संजय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा, सांसद पदमा निर्वाचित सुश्री बसु माया तामाङको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो ।
सुश्री तामाङ, नेपाल इटाली उद्योग वाणिज्य संघकी एक सम्मानित सदस्य हुन, जसलाई व्यवसायिक समुदाय तथा सामाजिक विकासमा उनको समर्पण, नेतृत्व र सक्रिय योगदानका लागि चिनिन्छ । उनि निर्वाचित हुनु सार्वजनिक सेवा तथा समावेशी विकासप्रति निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।
यस अवसरमा, नेपाल इटाली उद्योग वाणिज्य संघले सुश्री तामाङलाई हार्दिक बधाई व्यक्त गर्दै उहाँले आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पुर्याउनुहुनेछ भन्ने विश्वास व्यक्त गरेको छ ।
यस कार्यक्रमलाई सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरेकोमा वरिष्ठ उपाध्यक्ष श्री रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य श्रीमती सुनिता सिंहप्रति नेपाल इटाली उद्योग वाणिज्य संघले हार्दिक आभार व्यक्त गरेको छ ।


































