काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल, नेपालको चौथो क्याबिनेट बैठक तथा पुरस्कार वितरण समारोह बालाजुस्थित सङ्गम वाटिकामा भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ लगातार तेस्रो वर्ष ‘वर्षकै उत्कृष्ट क्लब’ पुरस्कार जित्दै ह्याट्रिक गर्न सफल भएको घोषणा गरिएको छ।
त्यसैगरी, क्लबका संस्थापक अध्यक्ष लायन भास्कर श्रेष्ठ ‘वर्षकै उत्कृष्ट लायन’ घोषित भएका छन् भने क्लबका अध्यक्ष लायन बिन्जु श्रेष्ठ ‘वर्षकै उत्कृष्ट अध्यक्ष’ घोषित भई सम्मानित भएका छन्।
यस्तै, क्लबका उपाध्यक्ष लायन सुरज कार्की ‘वर्षकै उत्कृष्ट क्लब पदाधिकारी’, अध्यक्ष लायन बिन्जु श्रेष्ठ ‘एलसिआइएफमा उत्कृष्ट योगदान पुरस्कार’, कोषाध्यक्ष लायन अन्जु श्रेष्ठ ‘वर्षकै उत्कृष्ट कोषाध्यक्ष’, लायन सुशान्त न्यौपाने ‘वर्षकै उत्कृष्ट जोन अध्यक्ष’ तथा लायन सुरेन्द्र कुमार साङ्घाई ‘उत्कृष्ट जोन सम्मान’ बाट सम्मानित भएका छन्।

यसैगरी, लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ ले ‘उत्कृष्ट क्लब पुरस्कार’, ‘डिष्ट्रिक्ट गभर्नर गौरव पुरस्कार’ तथा ‘सर्वाधिक सदस्य दर्ता गर्ने क्लब पुरस्कार’ समेत प्राप्त गर्न सफल भएको छ। त्यस्तै, समिका पुरी, रिना राजभण्डारी, हरि राजबहाक, सुमस्ति श्रेष्ठ, जानुका थापा कार्की, रामकृष्ण श्रेष्ठ तथा मणि प्रसाद श्रेष्ठ मासिक उत्कृष्ट पुरस्कारबाट सम्मानित भएका छन्।
लगातार तीन वर्षसम्म वर्षकै उत्कृष्ट क्लबको उपाधि जित्नुका साथै विभिन्न व्यक्तिगत तथा संस्थागत विधामा प्रतिष्ठित पुरस्कार प्राप्त गर्न सफल भएपछि लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भले सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वका क्षेत्रमा आफ्नो उत्कृष्ट पहिचानलाई थप मजबुत बनाएको छ।


































