निरन्तर वर्षापछि त्रिवि क्रिकेट मैदान जलमग्न

काठमाडौं । निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदानको अवस्था प्रभावित बनेको छ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार दुई खेल हुने तालिका रहे पनि वर्षा नरोकिएका कारण खेल सञ्चालन हुने सम्भावना न्यून देखिएको छ ।

शनिबार बिहानसम्म पनि वर्षा जारी रहँदा मैदान र प्यारापिटमा पानी जमेको छ । वर्षाबाट मैदानलाई जोगाउन अहिले त्रिपालले ढाकिएको छ ।वर्षा नरोकिएको र मैदानमा पानी जमेकाले आजका दुवै खेल प्रभावित हुने देखिएको छ । मौसममा सुधार नआए निर्धारित खेल सञ्चालन गर्न कठिन हुने सम्भावना छ ।