काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा पार्टीको भावी रणनीति, पछिल्ला राजनीतिक घटनाक्रमका साथै साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल हुनेछ।



































