बुधबार पत्रकार सम्मेलन गर्दै भीम रावल, पार्टी घोषणा गर्ने तयारी

काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी रावलले आफ्ना कुरा राख्ने र भावी कार्य योजना समेत जानकारी गराउन लागेका बताएका हुन् । उनले बुधबार दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलन गर्दै छन् ।

सोही पत्रकार सम्मेलनमै रावलले नयाँ पार्टीको घोषणा गर्न सक्ने उनी निकटहरू बताउँछन् । रावलले एमालेबाट कारबाहीमा परेपछि राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका थिए । एमालेको गत बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यता समेत नरहने गरी कारबाही गरेको थियो ।