काठमाडौं । पत्रकारितामाथि सरकारी हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासंघले शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना आयोजना गर्ने भएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र स्वतन्त्र पत्रकारितामाथि भइरहेको भनिएको हस्तक्षेपको विरोधमा महासंघले धर्ना दिन लागेको हो।महासंघका अनुसार सरकारले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा पत्रकारिता क्षेत्रमा भय र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि गरेको छ। यस्ता गतिविधिले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमाथि प्रश्न उठाएको महासंघको ठहर छ।
महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले जारी गरेको सूचनामा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमाथि अंकुश लगाउने गतिविधिविरुद्ध विरोध कार्यक्रम गर्न लागिएको उल्लेख छ।



































