प्रि ओपन सेसन : २ अंकले घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले घटेको छ । योसँगै सेसन अवधिमा नेप्से २६१८.३३ को विन्दुमा पुगेको छ ।

सेसन अवधिमा ६० वटा कम्पनीका  २ लाख ४३ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १३ करोड २३ लाख ९६ हजार ७०१ रुपैयाँ ७० पैसाबराबरको कारोबार भएको छ ।

जसमा २७ कम्पनीको मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ । एक कम्पनीको मूल्य भने स्थिर रहेको छ ।