बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ बढेको महासंघले जनाएको छ ।

सोही अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।