सगरमाथा संवादमा सहभागी हुन भारतीय वनमन्त्री यादव नेपालमा

काठमाडौं । भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।

उनी सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । आज अपराह्न काठमाडौं आइपुगेका मन्त्री यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए ।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सुरु हुँदैछ ।