काठमाडौं । रसुवागढी नाकाबाट साढे ७ किलो सुन बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज उक्त परिमाणको सुन बरामद गरेको हो ।
चीनको केरुङबाट नेपालमा आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको कन्टेनरबाट उक्त परिमाणको सुन बरामद भएको उपरीक्षक शाहीले बताए । उनका अनुसार कन्टेनरका चालकलाई पनि पक्राउ गरेको छ ।



































