जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण

काठमाडौं । सरकारले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्ने भएको छ ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ७३ करोड बजेट विनियोजन गरेका छन् । उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गरिने छ ।

युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि ३ प्रतिशत ब्याजमा सो अनुदान उपलब्ध गराउने उनले बताए ।