काठमाडौं । आज सेयर बजारमा सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.१४ अंकले घटेर २,६८३ को विन्दुमा बन्द भएको हो। आज १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ।
दिनभरि ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ५७ करोडभन्दा बढीको कारोबार भएको छ।
सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि बुटवल पावरको ४१ करोड ६९ लाख र गार्डियन माइक्रो लाइफको ४१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी लाभ बुटवल पावरका लगानीकर्ताले कमाएका छन्, जसले ८.२१ प्रतिशतको वृद्धिदर प्राप्त गरेका छन्। पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५.९६ प्रतिशत, रिभर फल्स पावरका लगानीकर्ताले ४.६९ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतले लाभ कमाएका छन्।
त्यस्तै, रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्, जसले आज ५ प्रतिशत घाटा बेहोरेको छ।




































