काठमाडौं । बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरले चार विधाका भिन्न–भिन्न ताज सार्वजनिक गरेको हो ।
मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो विधाका फरक डिजाइनका क्राउन सार्वजनिक गरिएको हो । हीराबाट निर्मित यी ४ ताज श्री नट्राज ज्वेलर्सले तयार पारेको हो ।
मिस नेपाल वर्ल्ड आस्माकुमारी केसी, मिस नेपाल अर्थ सुमना केसी, मिस नेपाल इन्टरनेसनल करुणा रावत र श्री नट्राज ज्वेलर्सकी व्यवसायिक दूत तथा अभिनेत्री आँचल शर्माले ताज सार्वजनिक गरे ।
सार्वजनिक चारै क्राउनलाई भिन्न डिजाइन र स्वरुपमा तयार पारिएको छ । डिजाइनको शैलीले सम्बन्धित विधाको महत्वलाई दर्शाउने द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले बताए ।
‘मिस नेपाल २०२५’को ग्रान्ड फिनाले आउँदो शनिबार ललितपुरको गोदावरीमा आयोजना हुँदैछ ।
उक्त फिनालेमा विजेताले ती ताज पहिरिनेछन् । हिडन ट्रेजर प्रमुख स्थापितले ताज सार्वजनिक गर्ने अवसर कुनै समारोहभन्दा उच्च स्तरको रहेको बताए ।
फिनाले को लागि छानिएका २६ जना फाइनलिस्टहरु
१) सान्भी मण्डल
२) संस्कृति भट्टराई
३) सुदिना हुमागाईं
४) श्रुती महर्जन
५) अनुराधा शर्मा ढकाल
६) अनुप्रिया ठाकुर
७) दीपशिखा नेपाल
८) जगदिश्वरी शाह
९) लुना लुइँटेल
१०) जशोदा कार्की
११) आश्रीया थापा
१२) उरुषा भण्डारी
१३) अञ्जिला रजक
१४) सृष्टिकुमारी तामा
१५) क्रिस्टिना बस्नेत
१६) आरती थापा
१७) समृद्धि केसी
१८) सइच्छा थापा
१९) स्वाती पञ्जियार
२०) सोनी घले
२१) श्रीयानी श्रेष्ठ
२२) स्मृति श्रेष्ठ
२३) ओजल रायमाझी
२४) निलिमा पाण्डे
२५) प्रियंका थापा
२६) प्रज्ञिका क्षेत्री
































