नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित विशेष समारोहमा गौतमले स्वास्थ्य तथा जनसङ्ख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रूपमा शीतल निवासमा राष्ट्रपतिसमक्ष शपथ लिएका हुन् ।