किष्ट अस्पतालमा गर्भवतीको मृत्यु भएपछि तनाव,

काठमाडौं । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठुलो सङ्ख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् ।

घटना कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ ।

अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए । । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्ने भएपछि किष्ट अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।