काठमाडौं । काठमाडौं र झापाका फरक स्थानमा गरी दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।काठमाडौं महानगरपालिका-१८ स्थित नरदेवी मन्दिर परिसरमा सर्लाही घर भएका ६० वर्षीय मदन लामा मंगललबार मृत भेटिएका छन्।
झापाको झापाको शिवसताक्षी नगरपालिका- ९.बैसबारीस्थित माईखोलामा सोही नगरपालिका-१०. फाल्गुनन्द चोक बस्ने ५१ वर्षीय प्रेम लिवाङ सोमबार मृत अवस्थामा फेला परेका हुन्।प्रहरीले यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
































