सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ९८० कायम भएको छ ।

बुधबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ५ हजार ६०० कायम भएको थियो । गत मङ्गलबार १ तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु ५ हजार ३३५ कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।