काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ५ हजार १० कायम भएको छ ।
शुक्रबार १ तोला छापावाल सुन रु २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु ४ हजार ७१० मा कारोबार भएको थियो भने, बिहीबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी रु ४ हजार ९८० मा खरिदबिक्री भएको थियो । यसैगरी, गत बुधबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ५ हजार ६०० कायम भएको थियो भने मङ्गलबार १ तोला छापावाल सुन २ लाख ९० हजार ३०० र चाँदी रु ५ हजार ३३५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



































