काठमाडौं । नेपालका लागि याडिया (YADEA) को आधिकारिक वितरक कुञ्ज नेपाल प्रालि ले नयाँ पुस्ताका विद्युतीय स्कुटर GS70, GT70 र GT80 सार्वजनिक गरेको छ।
कम्पनीले आधुनिक प्रविधि, उच्च कार्यक्षमता तथा स्मार्ट फिचरसहितका यी स्कुटरले नेपाली बजारमा विद्युतीय सवारीको नयाँ अनुभव दिने विश्वास व्यक्त गरेको छ।
विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड याडियाले दैनिक सहरी आवागमनदेखि लामो दूरीको यात्रा र प्रिमियम राइडिङ अनुभव चाहने ग्राहकलाई लक्षित गर्दै तीन फरक मोडल बजारमा ल्याएको हो।
दैनिक प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको GS70 मा २.१ kWh LFP ब्याट्री र २.८ kW पीक मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
लामो दूरीका यात्राका लागि तयार गरिएको GT70 मा ५.७ kWh डुअल LFP ब्याट्री प्रणाली (३.६ kWh फिक्स्ड ब्याट्री र २.१ kWh हटाउन मिल्ने ब्याट्री) तथा ३.७ kW पीक मोटर रहेको छ। कम्पनीका अनुसार यसले २२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ। हटाउन मिल्ने ब्याट्रीका कारण चार्जिङलाई थप सहज र लचिलो बनाइएको कम्पनीले जनाएको छ।
प्रिमियम सेग्मेन्टमा राखिएको GT80 मा ३.६ kWh लिथियम ब्याट्री, ५ kW पीक मोटर, ८० किमि प्रतिघण्टासम्मको अधिकतम गति तथा १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ। उत्कृष्ट प्रदर्शन, आधुनिक डिजाइन र आरामदायी राइडिङ अनुभवका लागि यो मोडल विकास गरिएको कम्पनीको भनाइ छ।

तीनै मोडलमा ब्लुटुथ कनेक्टिभिटी, TFT स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, YADEA स्मार्ट एप सपोर्ट, पाँच जनासम्म प्रयोग गर्न मिल्ने फ्यामिली सेयरिङ सुविधा तथा स्मार्ट कीलेस सिस्टम उपलब्ध छन्।
सुरक्षाका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टम जस्ता अत्याधुनिक फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार GS70 र GT70 मा ३ वर्ष वा ५० हजार किलोमिटरसम्म तथा GT80 मा ३ वर्ष वा ७० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध हुनेछ।
नयाँ GS70, GT70 र GT80 नेपालभर रहेका २० वटा आधिकारिक YADEA डिलरशिप मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ। आगामी महिनाहरूमा थप डिलरशिप विस्तार गरिने योजना पनि रहेको छ।
लन्चको अवसरमा NAIMA Auto Show सम्पन्न नहुँदासम्म तीनै मोडलमा रु. १० हजारसम्मको विशेष छुट प्रदान गरिने कम्पनीले जनाएको छ। ग्राहकले नजिकको आधिकारिक YADEA शोरुममा टेस्ट राइड, फाइनान्सिङ सुविधा तथा अन्य स्वामित्वसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।



































