काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक सभापति डीपी अर्याल बनेका छन् ।
रास्वपाको सोमबार बसेको बैठकले उपसभापति अर्याललाई कार्यबाहक सभापति तोकेको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रविलगायत ६३ जनामाथि सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ ।



































