सहकारी ठगी प्रकरण : छविको बयान सकियो, रविको पालै आएन

पोखरा । गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीसँग न्यायाधीश नितिज राईले अदालतले लिएको थुनछेक बहस सकिएको हो ।

हिजोदेखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग थुनछेक बहस सुरु भएको छ ।

अदालत लगिएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आज पनि लिइएको छैन । पछाईको बयान सकिएपछि लामिछानेको पालो आउने बताइएको छ ।