धोबिखोलामा कार खस्यो

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबिखोलामा एउटा कार खसेको छ।

आइतबार साँझ बा २१ च ६६१४ नम्बरको कार धोबिखोलामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

घटनाबारे थप विवरण आउन बाँकी छ ।