काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी उपत्यकाको तील गाउँमाथिका दुई हिमताल फुटेर बाढी आएको छ ।
घटना जेठ १ गतेको हो । लिमी उपत्यका पर्ने उक्त स्थानमा हिमताल फुटेकै कारणले लेदोसहितको पहिरो गएको थियो । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार ५० घरधुरी रहेको तील गाउँमा १८ घरमा मान्छे बस्दै आएका छन् । यी १८ घरअहिले पहिरोको उच्च जोखिममा छन् । ‘महिला २१, पुरुष ९ र बालक २ गरी ३२ जना उच्च जोखिममा रहेकोले गाउँभन्दा पारी खुला चौरमा त्रिपाल लगाइ बसोबास गरिरहेकोका छन्’ सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने ।
प्रहरीले एक्कासी के कारणले लेदोसहितको बाढी आयो भन्ने नखुलेको जनाएको छ । स्थानीयका अनुसार हिमताल फुटेर आएको लेदोले सोखाङलुङ्बा र तिल्जुङ्ग खोलामा बाढी आएको हो । नाम्खा गाउँपालिका ६ का वडा अध्यक्ष पाल्लोर तामाङले भने हिमताल फुट्दा बाढी आएको बताए । उनले भने भने, ‘लेदोसहितको बाढी आएपछि ५ जनाको टोली माथि गएको थियो ।त्यहाँ दुइ ताल रहेछ । दुवै ताल फुटेको रहेछ । योभन्दा पहिले ताल भएकै थाहा थिएन ।’ उनले थाक्रा डाँडा रहेका द७३घढसईवटा ताल धस्सिएको पाइएको बताए । ‘न पानी परेको छ । न हिउँ परेको छ । एक्कासी कसरी बाढी आयो भन्ने भएपछि टोली माथि गएका थियौँ,’ उनले भने, ‘५ हजार ३ सय मिटर उचाइमा पुगेपछि हिमताल फुटेको देखियो देखियो ।’
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले पनि तील गाउँ जोखिम बनाउने गरी लेदोसहितको बाढी आएको बताए। ‘बाढी आएको खबरपछि हिल्साबाट १० घण्टा हिँडेर सशस्त्रको टोली गएको थियो,’ उनले भने, ‘उद्धार गरिसकेपछि कसरी यो आयो भनेर स७३घढसरक्षाको टोली माथि हेर्न गएको थियो तर ४७बmउस सय मिटरमाथि गएपछि लेक लाग्ने समस्या भएपछि बीचबाटै फर्कियो ।त्यसपछि वडा अध्यक्षसहितको टोली गएको हो ।’ लेदोसहितको पहिरोले हाल्जी र हिल्सातर्फको बाटो,काठेपुल, जलाविधुत्को पावरहाउसमा क्षति पुर्याएको गाउँपालिका प्रेमबहादुर अध्यक्ष लामाले बताए ।



































