काठमाडौं । मुग्लिङ्ग नारायणगढ सडक खण्डको मुग्लिन नजिक टिप्पर दुर्घटना भएको छ।
आइतबार दिउँसो नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिप्पर गति अनियन्त्रित भई बाटोको साइडमा पल्टिएको हो।
टिप्परमा च्यापिएका चालकोको भने सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण हेक्वा चितवनबाट सुरक्षाकर्मी घटना स्थल पुगी च्यापिएर गम्भीर घाइते भएका चालकको उद्धार गरेको हो। उनलाई उपचारको लागि भरतपुर पठाइएको छ।





































