काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बनमा परेका छन् । उनलाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ ।
राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुखको जिम्मेवारी जोशीलाई दिइएको हो ।
पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि आजै निलम्बन गरेका हुन् ।
यसअघि आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बताइएको छ ।
प्रशासकीय अधिकृत गुरागाईंले मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन गरिएको जनाएका छन् ।




































