काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि (सोमबार)सम्मका लागि स्थगित भएको छ .
संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लगायतले संसद अवरोध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिनिधिसभा बैठक अब भोलि २ः०० बजे बस्नेछ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएपनि विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई हप्तादेखि निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।





































