दोहोरो अकंले बढ्यो सेयर बजार

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अकंले बढेर २८७५.५५ बिन्दुमा कायम भएको छ ।

आज ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन ६ उपसूचक भने राताम्य भएका छन् भने ७ सूचकमा भने सुधार आएको छ । आज वाणिज्य बैंकको शेयर सर्वाधिक १.६२ प्रतिशतले बढेको छ ।