६४ मतसहित कांग्रेस सांसद बानियाद्वारा बाग्मती मुख्यमन्त्रीमा दाबी पेस

हेटौँडा । बागमती प्रदेशको भावी मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरिएको छ।

नेकपा एमालेको समर्थनसहित कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

हिजो तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएको भोलिपल्ट अर्थात आज सत्ता गठबन्धन दल एमालेको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कुल ६४ मतसहित बानियाँको दाबी प्रस्तुत भएको छ । जसमा कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा रहेको छ ।

प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलबार दिउँसो २ः०० बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।