रास्वपा केन्द्रीय सदस्य २० हजार धरौटीमा रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा हुने भएका छन् ।

साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको उजुरी परपछि उनी गत बुधबार पक्राउ परेका थिए ।