काठमाडौं । बिजि ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड कुलप्याडका अत्याधुनिक मोडलहरू नेपाली बजारमा ल्याएको छ ।
आज आयोजित एक विशेष कार्यक्रममा बिजि ग्रुपका सीईओ समर्पण मिश्रले कम्पनीले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । उनले भने, “सन् २००० मा एउटा सानो सपनाबाट सुरु भएको हाम्रो यात्रा आज सफल समूहमा परिणत भएको छ।”
सेल्स प्रमुख विशाल बरालले आफ्नो १५ वर्षभन्दा लामो अनुभव र कम्पनीको सामूहिक प्रयासले नेपाली बजारमा नयाँ प्रविधि भित्राउन सम्भव भएको बताए।
सार्वजनिक गरिएका मुख्य मोडलहरू
Coolpad X100 – 108MP AI ट्रिपल क्यामेरा, 120Hz अल्ट्रा स्मूथ डिस्प्ले, Helio G99 गेमिङ प्रोसेसर। स्लोगन: Next-Level Cool
Coolpad C16 – 5000mAh ब्याट्री, 90Hz डिस्प्ले, 50MP AI ट्रिपल क्यामेरा। स्लोगन: See More, See Power
Coolpad C15 – बलियो बनावट र आकर्षक डिजाइन। स्लोगन: Bold Style, Meets Strength
Coolpad CP12 Neo – 120Hz स्मूथ डिस्प्ले र 5000mAh ब्याट्री, उत्कृष्ट प्रयोगकर्ता अनुभवका लागि।
कम्पनीको भनाइ अनुसार, यी सबै मोडलहरू अब देशभरका प्रमुख मोबाइल स्टोरमा उपलब्ध हुनेछन्। यसले नेपाली मोबाइल बजारमा प्रतिस्पर्धा र उत्साह थप्ने अपेक्षा गरिएको छ।




































