राष्ट्रपति पौडेल गुहेश्वरी पुगेर छठ पूजामा सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छठ पूजामा सहभागी हुन् भएको छ। उहाँ गुहेश्वरी पुगेर छठ पूजामा सहभागी हुन् भएको हो ।अहिले उहाँले पूजापाठ गरिरहेका छन् ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै छ ।छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।