हलिउड अभिनेत्री जुन लकहर्टको निधन

लस एञ्जलस । हलिउडकी चर्चित अभिनेत्री जुन लकहर्टको निधन भएको छ । १०० वर्षको उमेरमा क्यालिफोर्नियाको सान्ता मोनिकामा रहेको घरमा उनको निधन भएको हो ।

सिनेमाको स्वर्ण युगदेखि आधुनिक टेलिभिजन युगसम्म आफ्नो पहिचान कायम राख्ने केही सीमित अभिनेत्रीहरू मध्ये लकहर्ट  एक थिइन् । जुनको मृत्यु प्राकृतिक रूपमा भएको बताइएको छ ।

जुन फिल्मी जगतसँग साइनो जोडिएको परिवारमा जन्मिएकी थिइन् । उनका पिता जीन लकहार्ट र आमा क्याथलीन लकहार्ट दुवै प्रसिद्ध अभिनेता थिए । बाल्यकालदेखि नै उनको सोच अभिनयमा आफ्नो पहिचान बनाउने थियो । १९३८ मा उनले आफ्नो परिवारसाथमा ‘ए क्रिसमस क्यारोल’बाट आफ्नो करियर सुरु गरिन् । यसमा उनको अभिनयले दर्शकको मन जित्यो ।लकहार्ट १९५० र ६० को दशकमा टेलिभिजन जगतमा एक प्रसिद्ध नाम बनिन् ।

टिभी सिरिज ‘लेजी’मा उनले रुथ मार्टिनको भूमिका निर्वाह गरेकी थिइन् । उनको यो भूमिकालाई दर्शकहरूले निकै मन पराए । यो भूमिकाले जूनलाई हरेक घरपरिवारमा प्रिय बनायो । ‘लस्ट इन स्पेस’मा उनले आमाको भूमिका निर्वाह गरिन् । उनको सहज अभिनय र भावनाको गहिराइले दर्शकहरूको हृदयमा उनले अमिट छाप छाड्न सफल भइन्

लकहार्ट ‘वैगन ट्रेन’, ‘गनस्मोक’, ‘शी–वुल्फ अफ लन्डन’ र ‘रहाइड’लगायत अनगिन्ती लोकप्रिय टिभी कार्यक्रमहरूमा पनि खेलेकी छिन् । प्रत्येक भूमिकामा उनलाई फ्यानहरूले मन पराए । लकहार्टको निधनसँगै हलिउडमा एक युगको  भएको छ ।