जापानले पनि ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने

टोकियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टोकियोस्थित अकासाका प्यालेसमा जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गरेका छन्।

भेटमा ट्रम्पले जापानलाई अमेरिकाको सबैभन्दा बलियो सहयोगी भन्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।ताकाइची हालै जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। दुवै नेताबीचको भेटमा व्यापार र सुरक्षा सम्बन्धी विषयहरूलाई प्राथमिकता राख्दै छलफल भएको थियो ।

ताकाइचीले जापानले अमेरिका स्थापनाको २५०औँ वर्षगाँठको अवसरमा आगामी वर्ष २५० ओटा चेरीका रूख उपहारस्वरूप दिने घोषणा गरेकी छन् । साथै, उनले ट्रम्पलाई अर्को वर्षको नोबेल शान्ति पुरस्कारका लागि जापानले औपचारिक सिफारिस गर्ने घोषणा समेत गरिन् ।