छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर मृत्यु

सप्तरी । आज यहाँ छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिका–९ डिठास्थित पोखरीमा डुबेर स्थानीय ५० वर्षीय सुरज रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

छठ पर्वमा आज उदाउँदो सूर्यलाई अर्घ दिइरहेको अवस्थामा पौडी खेल्ने क्रममा राम पोखरीमा डुबेर बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा मृत फेला पारिएको थियो ।