काठमाण्डाै । नेपालको विद्यार्थी राजनीतिमा ऐतिहासिक घटनाका रूपमा शहिदका सुपुत्रले पहिलो पटक विद्यार्थी संगठनको संयोजक (अध्यक्ष) पदको जिम्मेवारी पाएका छन्।
जनयुद्धका शहिद सुन्दर र बृक्षाका सुपुत्र सन्दीप पुनलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा नियुक्त गरिएको हो। पार्टी नेतृत्वले विद्यार्थी संगठनलाई सशक्त बनाउने उद्देश्यसहित पुनलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ।
पार्टीका अनुसार लोकतान्त्रिक मूल्य–मान्यता र प्रगतिशील विचारधारालाई विद्यार्थी आन्दोलनमार्फत संस्थागत गर्ने लक्ष्यका साथ पुनलाई संयोजक बनाइएको हो।
सन्दीप पुन यसअघि साबिक नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनका निर्वाचित उपाध्यक्ष थिए। विभिन्न १६ वटा घटकबीच एकता भएर बनेको नेकपामा नगइ उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको कित्तामा उभिएका थिए।




































