काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु ३ लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ५ हजार ६०० कायम भएको छ । मङ्गलबार १ तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु ५ हजार ३३५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार ५८ र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



































