सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौं । सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रिय सभाले पनि स्वीकृत गरेको छ । राष्ट्रिय सभको बिहीबारको बैठकले ती अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रिय सभामा बिहीबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

प्रतिनिधि सभाले बुधबार ती सबै अध्यादेश बहुमतले स्वीकृत गरेको थियो ।