काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु भएको छ ।
समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मिरमा पाकिस्तानको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन्।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बताएका छन्।
चौधरीले भारतले आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरू लक्षित गरेको बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाउदै पाकिस्तानसँग यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् ।




































