काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेपछिको चार महिनामा १२६ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।
सन् २०२५ जनवरी २० देखि मे १९ सम्मको अवधिमा उनीहरूलाई ट्रम्प प्रशासनले डिपोर्ट गरेको हो । ’बितेको चार महिनामा १२६जना नेपाली अमेरिकाबाट डिपोर्ट भएर आएका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले भने, ’अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको हो ।’
ट्रम्पले २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको शपथ लिएका थिए । उनले शपथ लिएको चार महिना बितेको छ । यस अवधिमा ट्रम्प प्रशासनले अघिल्ला वर्षमा भन्दा निकै ठुलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको हो । अध्यागमन कार्यालयले दिएको विवरणअन७३घढससार अमेरिकाले पछिल्लो चार महिनामा औसतमा प्रत्येक महिना ३० जनाभन्दा बढी नेपालीलाई डिपोर्ट गरेको छ । वरिष्ठ अध्यागमन अधिकृत न्यौपानेका अनुसार सोमबार (जेठ ५ गते) मात्र अमेरिकाबाट दुईजना नेपाली डिपोर्ट भई आएका थिए । त्यसअघि वैशाख ३० गते तीनजना नेपाली अमेरिकाबाट डिपोर्ट भएर आएका थिए ।
’काठमाडौंस्थित अमेरिकी दुतावासले डिपोर्ट भएकाहरू काठमाडौं आउनु एकदिन अघि त्यसबारे हामीलाई जानकारी दिने गरेको छ,’ वरिष्ठ अध्यागमन अधिकृत न्यौपानेले भने, ’त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई हामी नेपाल प्रहरीलाई बुझाउने गरेका छौँ ।’ प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी अमेरिका पठाउने (मानव तस्कर)का बारेमा उनीहरूसँग स७त्रगयतसचना लिने काम प्रहरीले गर्छ।
अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र विनाभिसा बसेकोजस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ । ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको स७त्रगयतसची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोवास गरेको आरोप लगाइएको थियो ।
सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । जो बाइडेन राष्ट्रपति हुँदा एक वर्षको अवधिमा जति संख्यामा नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए ट्रम्प पछिल्लोपटक राष्ट्रपति भएपछि झन्डै त्यति नै संख्यामा नेपाली प्रत्येक महिना अमेरिकाबाट डिपोर्ट भएका छन् ।





































