आज पनि संसदमा प्रतिपक्षीको अवरोध, भोलिसम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले आज पनि संसद अवरोध गरेका हुन् ।

पटक पटक स्थगित हुँदै आएको आज बैठक सुरू हुनासाथ प्रतिपक्षीले उठेर अवरोध गरे पनि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि प्रतिपक्षीले सो प्रस्ताव स्वीकार गरेनन् ।

बैठकमा अवरोध कायमै भएपछि सभामुख घिमिरेले भोलि १ बजेसम्मलाई बैठक स्थगित गरेका छन् ।