एनआरएनए उपाध्यक्ष गैरेद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा५ लाख सहयोग

पोर्चुगल । गैरआवासीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि ५ लाख आर्थिक सहयोग गरेका छन् ।

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको उनले बताए । “देशमा ठुलो सङ्कट परेका बेला सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम उपलब्ध गराएको हुँ”, उनले भने ।

बाढीबाट प्रभावित रसुवाका करिब ५० परिवारलाई राहत सामग्रीसमेत वितरण गर्ने योजना रहेको पनि उनले बताए । नवलपुरको गैँडाकोटका गैरे विगत २ दशकदेखि पोर्चुगल बस्दै आएका छन् । गैरआवासीय नेपाली सघं पोर्चुगलका पूर्वअध्यक्षसमेत रहेका उनले पोर्चुगलमा लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् ।