काठमाडाैंका लागि उडेको बुद्ध एयर जहाजको पांग्रा जनकपुरमै खस्यो, सुरक्षित अवतरण

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको ९एन-एएनएच विमानको अगाडिको पांग्रा उड्ने क्रममा जनकपुरमै खसेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र विमानको पांग्रा खसेकोबारे पत्ता लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमान बिहीबार अपराह्न ४:४५ बजे जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो । विमानमा ६२ जना यात्रु सवार थिए भने सबै सकुशल रहेको प्राधिकरणले जनाएको छ ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेपछि नियमित पोस्ट-फ्लाइट जाँचका क्रममा नोज ल्याण्डिङ गियर (अगाडिको पांग्रा) हराएको देखिएपछि यसको खोजी थालिएको थियो । घटनापछि जहाजलाई ग्राउन्डिङ गरिएको छ भने नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान अघि बढाएको छ ।