जबर्जस्ती करणीको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ

कैलाली । एक महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् ।

२८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने ७० वर्षीय लोकबहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।