काठमाडौं । अध्यक्ष माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा दर्ता भए पछि नेकपा एकीकृत समाजवादी छलफलमा जुटेको छ ।
पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा शीर्ष नेताहरूको अनौपचारिक बैठक जारी रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै अध्यक्ष नेपालसहितका शीर्ष नेताहरू छलफलमा सहभागी भइरहेका छन् र त्यहाँ केही कानुन व्यवसायीसमेत रहेको जनाइएको छ ।
अख्तियारले आज अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बैठकपछि यो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।





































