सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधिसभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल गरिएको थियो, छलफल सकिएपछि सो विधेयक पारित भएको हो ।

मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका थिए, सो विधेयकमा दुई दर्जनभन्दा बढी सांसदले आआफ्नो धारणा राखेका थिए ।

अब प्रतिनिधि सभाकाे बैठक असार २३ गते बस्ने छ ।