लोसपाको महाधिवेशन चैत पहिलो साता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेशन यसै वर्षको अन्त्यमा हुने भएको छ।

हालै बसेको शीर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । तर, महाधिवेशन स्थल भने अझै ताेकिएकाे छैन ।

उनका अनुसार श्रावण मसान्तबाट महाधिवेशनको तयारी सुइ भइसकेको छ ।