सुनचाँदीको मूल्यले कीर्तिमान कायम गर्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु ९ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु ३ लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु ६ हजार १९० कायम भएको छ ।

गत बुधबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु ५ हजार ९२० कायम भएको थियो । मङ्गलबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु ५ हजार ८८० कायम भएको थियो । गत आइतबार १ तोला सुन रु २ लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ६२५ मा कारोबार भएको थियो । सोमबार १ तोला सुन रु २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ८१० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।